अर्गानिक खाद्यपदार्थ किन्नु र स्वार्थी वा निस्वार्थी हुनुमा कहाँबाट सम्बन्ध जोडियो भन्ने प्रश्न सहज रुपमा उठ्छ ।
तर,
पछिल्लो एक अध्ययनले विषादी प्रयोग नगरिएका अर्गानिक खाद्यपदार्थ किनेर
खाने मानिसहरु स्वार्थी हुने तथा अरुको मतलब र सहयोग नगर्ने खालका हुने
तथ्य पत्ता लगाएको छ ।
शोधकर्ताहरुका अनुसार अर्गानिक
खाद्यपदार्थको किनाइले मानिसलाई अरुप्रतिको दयाभावमा कमी ल्याउँछ । अमेरिकी
अनुसन्धानकर्ता केन्डल इस्काइनका अनुसार अर्गानिक खाद्यवस्तु प्रयोग गर्ने
मानिसहरुले आफुलाई बढि सुरक्षित ठान्छन् र निस्वार्थताको आवश्यकता नै
महसुस गर्दैनन् । जबकी अरु सामान्य खालका खानेकुरा खाने मानिसहरु बढि
सामाजिक तथा दयालु र नैतिकवान हुन्छन् ।
शोधकर्ताहरुले यो निष्कर्ष निकाल्न न्यु
ओर्लियन्सस्थित लोयोला विश्वविद्यालयका ६२ जना विद्यार्थीलाई तिन समूह
बनाएर परीक्षण गरेका थिए । त्यसक्रममा एक समूहलाई अर्गानिक खाद्यपदार्थ खान
दिइयो, दोश्रोलाई विभिन्न खालका ड्राइ फूड र तेश्रो समूहलाई दाल, भात
तरकारी । त्यसपछि ती तिनवटै समूहका विद्यार्थीलाई कुनै पारिश्रमिक वा
पुरस्कार विना सित्तैमा एकजना प्रोफेसरको काम गर्न अह्राइयो । त्यसक्रममा
अर्गानिक फूड खाने विद्यार्थीहरु औषतमा १३ मिनेट सित्तैमा काम गर्न राजी भए
।
भात खानेहरु २० मिनेट र ड्राइ फूड खानेहरु
२५ मिनेट । शोधकर्ताहरुले के निष्कर्ष निकालेका छन् भने यद्यपि अर्गानिक
खाद्यपदार्थ स्वास्थ्यको लागि हरहमेशा लाभदायी छ, तथापि नैतिक तथा
मनोवैज्ञानिक हिसाबमा यसले व्यक्तिलाई कमजोर बनाउँछ ।
No comments:
Post a Comment