चीनमा
आजकल ‘लिटिल एलो चिक’ ले धूम मच्चाइरहेको छ । यो लिकपि्रयताको शिखरमा छ र
तीन महिनाको छोटो अवधीमा नै २२ लाख मानिस योसँग जोडिएका छन् । ‘लिटिल एलो
चिक’ एक सोशल नेटवर्किङ एप्लिकेशन हो । यसले समाचार, म्यूजिक, फिल्मसँग
जोडिएको सूचना दिन्छ भने साथमा ‘फोहोरी’ टुटि्कला पनि ।
फेसबुक जस्ता सोशल नेटवर्किङ प्लेटर्फम
रेनरेनमा उपलब्ध यो एप्स खासगरी विद्यार्थीहरुमाझ लोकप्रिय छ
।प्रयोगकर्ताहरु यो एप्समा प्रेम, फिल्म, प्रदुषण र चुटि्कला जस्ता विषयमा
टिप्पणी र प्रश्न गर्न सक्छन् भने यो एप्सले तत्काल जवाफ दिन्छ । तर,
सबैभन्दा महत्वपूर्ण यसको जवाफ दिने तरिका हो ।
चिनियाँ समाचार एजेन्सी सिन्हृवाका अनुसार
कुनै पनि व्यक्तिले म्यासेज पोष्ट गर्न सक्छन् । यसले कसैको निर्देशनमा
नभई एक परिस्कृत सफ्टवेयरमार्फत् दिइन्छ । यो एप्सले जवाफ दिन मानिसकै
आवाजको प्रयोग गर्छ र व्यक्तिगत सल्लाहको रुपमा जवाफ दिन्छ । ‘चिक’ अधिकांश
प्रयोगकर्ताहरुलाई विश्वको सुन्दर पुरुष वा महिला भन्ठानेर कुरा गर्छ र
यस्तो लाग्छ कि चीनको नेटिजन्स उसँगै खेल्न लालायित छ ।
No comments:
Post a Comment