यो
ब्रम्हाण्डको सबैभन्दा कडा जनावर के होला ? जो धेरै समयसम्म बाँच्ने मात्र
होइन हिउँमा जम्दा, आगोमा उम्लिँदा तथा अन्तरीक्षमा तैरिँदा पनि २ सय
वर्षसम्म बाँच्नसक्छ ? हो, वाटर बियर अर्थात् पानी भालु त्यस्तो अजम्बरी
जिव हो ।
भनिन्छ, साँग्लो आणविक विस्फोट हुँदा पनि
मर्दैन । तर प्रतिकुल परिस्थिति सहने मामिलामा यो पानी भालु भन्ने जिव
साँग्लोको हजुरबाउ नै हो । यो जिवका बारेमा सायद हामी धेरैल नसुनेका पनि
हुनसक्छौँ ।
यो जिवका विभिन्न ९ सय प्रजातिहरु छन् ।
ती मध्ये केही जलचर हुन् त केही स्थलचर । निकै अग्ला चुचुरादेखि समुद्रको
गहिराइसम्म यो जिवका प्रजाति पाइन्छन् ।
यो जिवले माइनस साढे ४ सय डिग्री सम्मको
चिसो तापक्रम तथा साढे ३ सय डिग्री सम्मको तातो तापक्रम सहनुका साथै निकै
उच्च विकिरण पनि खप्नसक्छ । यो पानीबिना दशकौँ बाँच्नसक्छ र अन्तरीक्षमा
पूराएपनि मर्दैन ।
No comments:
Post a Comment