Monday, March 7, 2016

...........................................रोजी पिक्चर!


केही वर्ष पहिले,
कक्षाकोठामा गुरुबा पस्नुभयो
र भन्नुभयो 'पिक्चर' !
अनौठो लाग्यो
यो पिक्चर भनेको के हो ?
आफैले आफैलाई प्रश्न गरेँ
तर,
उत्तर पाउन सकिन
म विद्यार्थी
सरकारी स्कुलमा पढ्दै गरेको
गुरुबाको पिक्चरले मेरो मानसपटलमा ठुलै हँगामा मच्चाउँदै गयो
यो अंग्रेजी शब्द हो,
बढी सोचिँन
बरु कल्पना गर्न थाले -'अंग्रेजी पढाउँदै गरेका शिक्षक
अंग्रेजी फरर बोलीरहेका विद्यार्थी
सुविधासम्पन्न विद्यालय
र अग्रपँतिमा देखिएको आफू'
वाह!
कति रमाईलो जीवन
पूर्णसन्तुस्टीमा बाँचिरहेको म
कुनै आवश्यकता नै छैन् अरु
फररर अंग्रेजी बोलिरहेको छु.......
पिक्चर!
हो त्यही गुरुबा'को पिक्चर
परिवर्तन भएछ
"रोजी पिक्चर'' मा
उतिबेला थाहै नपाई
"रोजी पिक्चर"मा ..................

Tuesday, August 26, 2014

एक चिनारी ‘गजल’ परिचय

गजलका विषयमा विभिन्न गजलकार तथा पुराना पुराना साहित्यकारले आआफ्नै मत राख्ने गरेको पाईन्छ । ज–जसले जस्तो मत राखेता पनि गजल एउटा छुट्टै साहित्यीक विधा भएको सबैले स्विकारेका छन । गजलको आफ्नै अस्तित्व छ साहित्य क्षेत्रमा । प्रायःप्रेमका विषयमा रहेर रचिने यो विधा अहिले निकै चर्चाको शिखरमा पुग्न सफल भएको छ ।

गजललाई अरबी भाÈामा प्रेमी–प्रेमिकाको वार्तालाप मात्र भन्ने गरिएतापनि फारसी साहित्यमा यसको अर्थ विस्तृत हुन पुग्यो र गजलमा रहस्यानुभुती, मस्ती जस्ता केही प्रवृतिलाई आत्मसात गरियो ।
अरबी भाÈा साहित्यमा पहिले गजल नामको कुनै विधा थिएन । त्यसैले अरबीको काव्यविधा कसीदेको प्रारम्भिक भाग (तश्वीव वा नसीव) लाई फारसी साहित्यका शायरहरुले कसीदेबाट अलग गराएर गजललाई छुट्टै विधाको रुपमा स्थापित गरेको गजल इतिहासमा पाईन्छ ।



हिन्दी साहित्यमा गजल विधा उर्दु परम्पराबाट आएको भन्ने धारण्ाँ रहेको छ । हिन्दी साहित्यको ईतिहासको आधुनिक कालमा हिन्दी गजल लेखनको शुरुवात प्रतापनारायण्ँ मिश्राले भारतेन्दुको पालामा गरेका थिए । त्यतिवेला बाटै भारतमा धेरै कबिहरुले गजललाई भरण्ँपोÈण्ँ गरेको भन्ने कथन पाउन सकिन्छ ।

नेपाली साहित्यमा गजल भित्र्याउने पहिलो गजलकार मोतीराम भट्ट हुन । उनले वि.सं. १९४० तिर नेपाली भाÈामा फारसी छन्दको प्रयोग गरी गजलको उदय गराएका थिए । करिव १९४०–२००२ सम्म नेपालमा जति गजल लेखिन्थे ति फारसी छन्दमा मात्र सिमित रहन्थ्ये, तर वि.सं.२००३ देखि नेपाली गजलले एउटा फरक रुप लियो ।

वि.स. २००३–२०३५ सम्मका गलजहरुले रुप परिवर्तित भई मौलिक नेपाली लय तथा स्वनिर्मित लय स्थापित गर्न सफल रहे । यो समयमा गजलले केहि रुप परिवर्तन गरेतापनि गजलको नियममा भने बांधिन सकेको पाईदैन । काफियाको व्यवस्थापन र प्रयोग अनि, रदीफ र तखल्लुस जस्ता गजलका तत्वहरुको उचित प्रयोग हुन सकेको थिएन ।

वि.सं.२०३६ सालबाट ज्ञानुवाकर पौडेलद्वारा गजलले पूर्ण रुप पाएको नेपाली गजल इतिहासमा
पाईन्छ । ०३६ सालको ‘मधुपर्क’ साहित्यिक पत्रिकामा ज्ञानुवाकर पौडेलको ‘मुक्तक’ शीर्Èकमा प्रकाशन भएको रचनाले गजललाई एउटा संरचनामा बांधेर यसको चिनारी बलीयो बनाएको मानिन्छ । त्यसपछि नेपाली साहित्यमा गजलले एकाएक फड्को मारेको पाईन्छ ।

नेपाली गजल साहित्यमा गजलकारहरुविच भेद पाईन्छ गजलको लय हुनुपर्छ वा गजलमा लयको आवश्यता छैन यस्ता कुराहरुमा अझै गजल साहित्यमा टु·ो लागेको पाईदैन । तर पनि यसको महत्व र स्थायित्व भने दिनप्रतिदिन बढिरहेको छ । अहिले नव गजलकारहरु कोहि लय मिलाएर गजल लेखिरहेका छन त कोहिले लयलाई महत्व नदिएको पाईन्छ ।

गजलको बर्गीकरण्ँः

गजललाई प्रायः दुई भागमा वर्गिकरण गरेको पाईन्छ ।
(१)बिÈयबस्तुको आधारमाः गजलमा विषयबस्तुलाई आधार बनाई लेखिने गजल दुई प्रकारका पाईन्छन ।
(क) मुसलसल गजलः
गजलका सम्पूर्ण शेरमा एउटै विषयबस्तु प्रयोग गरिने गजल मुसलसल गजल भित्र पर्दछन् । मुसलसल गजलको उदाहरणको लागि एउटा गजल यहां प्रस्तुत गरिएको छः

घुमाएर, डुलाएर पठाएं, फर्कि आयो ।
सम्झाएर, बुझाएर पठाएं, फर्कि आयो ।

नङ मासु झैं सम्बन्ध, उसको, मेरो
टुक्र्याएर, छुट्याएर पठाएं, फर्कि आयो ।

ठाउं जमाई, बसे पनि यो मुटुमा
निकालेर, चुडाएर पठाएं, फर्कि आयो ।

आफै जिउन सिक्नुपर्छ कठै उत,
सिकाएर, फकाएर पठाएं, फर्कि आयो ।

चाहिएछ छहारी, हरियाली ‘विपिन’को
तर्साएर, झस्काएर पठाएं, फर्कि आयो ।

उपर्ययुक्त गजलमा कसैलाई विभिन्न तरिका (वाहाना)ले आफुभन्दा ढाडा पठाउन खोजिएको तर पठाउन खोजिएको मान्छे फर्केर आएको विषयबस्तु झल्किएको छ । जहां विषय वस्तु फरक भएको छैन ।(ख) गैरमुसलसल गजलः
गजलका सम्पूर्ण शेरमा एउटै विषयवस्तु नभई भिन्दाभिन्दै विषयबस्तु प्रयोग गरिने गजल गैरमुसलसल भित्र पर्दछन् । गैरमुसलसल गजलको उदाहरणको लागि एउटा गजल यहां प्रस्तुत गरिएको छः

केहि चिज पाउनु ठुलो हो
या आफै बनाउनु ठुलो हो

सफर हुन्छ हरेको आफ्नो
बनेको पथ भेट्टाउनु ठुलो हो

मान्छे नि एउटा पशु हो रे नि
पशुको इज्जत जोगाउनु ठुलो हो

एकतर्फी माया लाएर सांच्चै ।
सपनीमा महल सजाउनु ठुलो हो

डढेलोले सखाप पारेसी ‘विपिन’
शहिदमा नाम लेखाउनु ठुलो हो

उपर्युक्त गजलमा हरेका शेरमा छुट्टाछुट्टै विषयबस्तु पाउन सकिन्छ । जस्तै पहिलो शेर तथा मतलामा कुनै बस्तुसंग सम्बन्धित छ भने दोस्रो शेर सफर(यात्रा)को पथ(बाटो)संग सम्बन्धित छ । यस्तै तेस्रो शेर मानिसको व्यवहारको आधारमा उसलाई इज्जत सम्झाउने कोशिस गरिएको छ भने चौथो शेरमा माया प्रेम र माया प्रेममा हुने अनेक प्रकारका कपोकल्पित कुराको प्रतिनित्व गर्दै सपनीमा महल सजाएको विषयलाई देखाईएको छ भने अन्तिम तथा मक्तामा जुनैकारणले मृत्यु भएपनि उसलाई शहिदमो लिस्टमा राख्नुपर्छ भन्ने मानिसहरुको गलत सोचलाई बलियो झापड दिएको छ । त्यसकारण यस गजलमा प्रत्येक शेरमा छुट्टाछुट्टै विषयबस्तु रहेका छन् ।
(२)रदिफको आधारमाः रदिफको आधारमा लेखिने गजल पनि दुई प्रकारका पाईन्छन् ।
(क) मुरद्दफ गजलः
गजलको मुटु काफियाका साथै रदिफको प्रयोग भएको गजल
मुरद्दफ गजल हो ।
जस्तैः दुख्दै छ, देश आजभोली ।
चुक्दै छ, देश आजभोली ।।
(भुपेन्द्र‘विपिन’वि.सी)
यो गजलको मतला हो जसमा दुख्दै, चुक्दै काफिया हुन भने ‘देश आजभोली’ रदिफ हो ।
(ख) गैरमुरद्दफ गजलः
काफिया मात्र प्रयोग भएको अर्थात रदिफ प्रयोग नभएको गजल
गैरमुरद्दफ गजल हो ।

जस्तैः
गयौ तिमी तर्किएर
आउंदा आउंदै फर्किएर
…………………….
……………………
जति देऊ धम्की धनको
डराउन्न ‘विपिन’ थर्किएर

यो गजलमा तर्किएर, फर्किएर र थर्किएर काफिया हुन । जहां रदिफको प्रयोग गरिएको छैन ।

गजल संरचनाः

गजलको आफ्नै अस्तित्व रहेको छ । गजल गीत र कविता संग सम्बन्धित रहेको भन्ने भ्रम रहेको छ, तर यस्तो भ्रम हुनुहुंदैन यो एउटा स्वतन्त्र र छुट्टै विधा हो यसको संरचना आफ्नै किसिमको रहेको छ । गजलको संरचना तथा गजलका तत्वहरु निम्नानुसार छनः

क. शेरः दुई दुई पंक्ति मिलाएर गजल लेख्ने गरिन्छ । गजलमा भएका प्रत्येक पंक्तिका एक जोडीलाई नै गजलका शेर भनिन्छ । शेरको पहिलो पंक्तिलाई मिसरा(ए–उला) र दोश्रो पंक्तिलाई मिसरा(ए–सानी) भनिन्छ । सामान्यतया पूणर््ँ गजलमा ५ वटा शेर हुने गर्दछन् तर पनि ४ वटा शेरभएको गजललाई पनि गजलबाट हटाउन सकिदैन । कसैकसैले ३ वटा शेर भएको गजललाई पनि गजल भनि दावी गरिरहेका हुन्छन तर यो गजलको मान्यता भन्दा अलि बाहिर पर्न जान्छ । ५ वटा शेर भएको गजललाई भने आदर्श गजलको रुपमा हेरिन्छ ।

ख. काफियाः रदिफ भन्दा ठिक अगाडि वारम्वार दोहोरिएर आऊने शव्द वा समस्वरात्मक शब्दलाई काफिया भनिन्छ । काफिया शव्दको अर्थ
अरवी भाÈामा पनि ‘‘वारम्वार आऊने” नै हुन्छ । काफियालाई गजलको मुटु पनि भन्ने गरिन्छ काफिया विना गजल अधुरो हुन्छ, अर्थात यस बिधाको अलग्गै पहिचान हुन सक्दैन । काफिया सामान्यतया ४ प्रकारका हुन्छनः
(1) पूणर््ँ काफिया
(2) अंशिक वा शाव्दिक काफिया
(3) एकाÔरी काफिया
(4) मिलित काफिया
पूणर््ँ काफिया भन्नाले सिङगो शव्दनै काफियाको रुपमा आएको छ भने त्यस्तो काफियालाई पूणर््ँ काफिया भनिन्छ । आंशिक काफिया भन्नाले काफिया शब्दको कुनै अंशको रुपमा आउदछ भने त्यसलाई आंशिक काफिया भनिन्छ । एकाक्षरी काफिया भन्नाले त्यस्तो काफिया जहा एक अक्षरमात्र काफियाको रुपमा प्रयोग हुने गर्दछ । र मिलित काफिया भन्नाले पूणर््ँ काफिया वा आंशिक काफियासंग मेल खाने गरी समस्वरात्मक रुपमा दुई वटा शव्द आएको हुन्छ ।

ग. मिसराः गजलमा रहेका प्रत्येक हरफलाई मिसरा भनिन्छ । मिसरा दुई प्रकारका हुन्छन । ति हुन १. मिसरा ए उल्ला र २. मिसरा ए सानी।

घ. मतलाः गजलको पहिलो शेरलाई मतला भनिन्छ ।

ङ.मकताः गजलको अन्तीम शेरलाई मकता भनिन्छ ।

च. रदिफः प्रत्यक शेरमा काफियाको पछाडीको शब्द रदिफ हो जुन गजलमा जस्ताको तस्तै दोहोरि
रहन्छ । रदिफलाई तिन भागमा
बर्गिकरण गर्न सकिन्छः
१.पदमूलक रदिफ
२.पदावलीमूलक रदिफ
३.वाक्यात्मक रदिफ

(१) पदमूलक रदिफ ः रदिफको रुपमा एउटामात्र शव्द आएमा त्यो पदमूलक रदिफ हुन्छ।

(२)पदावलीमूलक रदिफ ःगजलमा यदि दुई वा दुई भन्दा बढी शव्द रदिफको रुपमा आएको छ भने त्यस्तो रदिफलाई पदावलीमूलक
रदिफ भन्ने गरिन्छ ।

(३)वाक्यात्मक रदिफ ःगजलमा रदिफको रुपमा पुरै वाक्यनै आएको छ भने त्यस्तो रदिफलाई वाक्यात्मक रदिफ भनिन्छ ।

छ. तखल्लुसः मकतामा गजलकारले आफ्नो उपनाम प्रयोग गर्नुलाई तखल्लुसको प्रयोग भनिन्छ ।

ज. बहरः कुनै नियममा बा“धिएका शेरहरुको “वजन“लाई बहर भनिन्छ। अर्को शब्दमा नेपाली गजलमा प्रयोग हुने शास्त्रीय लयलाई नै बहर भनिन्छ । संस्कृत काव्य परम्परामा छन्द भने झैं फारसी गजल परम्परामा “बहर“ भनिन्छ ।

यसरी गजलका विभिन्न तत्वलाई ख्याल गरेर रचिएको गजलले गजलको चिनारी पूर्ण रुपमा दिन सक्दछ ।

प्रतिक्रिया:
9844891115
bcbhupendra8@gmail.com

Wednesday, March 5, 2014

राजधानीमै जुट्छौ, कस्तो मज्जाले

परिश्रम लुट्छौ, कस्तो मज्जाले
आदर्शबाद चुट्छौ, कस्तो मज्जाले

जिम्मेवारी पूर्ण छ, बोलीमा तिम्रो
ब्यबहारमा छुट्छौ, कस्तो मज्जाले

पूर्वबाट दुईजना, पश्चिमबाट दुईजना
राजधानीमै जुट्छौ, कस्तो मज्जाले

अचम्म छ, ए ! डाक्टर ए ! बैद्धहरु
बिरामी जो भुट्छौ, कस्तो मज्जाले

दाई-भाई फूट्ने नियम पुरानै हो ...
दिदी-बहिनी फूट्छौ, कस्तो मज्जाले

बि.सी. भुपेन्द्र
कोहलपुर-बाँके

Thursday, December 12, 2013

कथा लेखेर पनि, कविता लेखेर पनि |
शान्ति पाईएन, बुद्धलाई भेटेर पनि |

कस्तो आधुनिक मेशिन बनाका रहेछौ !
रक्ताम्य ताल भएछ, तोरी पेलेर पनि |
शान्ति पाईएन, बुद्धलाई भेटेर पनि |

यो कलियुग नेपाली मन छैन कसैको,
हो साँच्चै नेपाली, आँगन टेकेर पनि |
शान्ति पाईएन, बुद्धलाई भेटेर पनि |

ए! मायाका जोडी अघाउँछौ र तिमीहरु|
प्रियसीलाई, अँगालोमा बेरेर पनि ||
शान्ति पाईएन, बुद्धलाई भेटेर पनि |

'विपिन' छट्पटाउँदै मुस्कुराईरहेछ ।
आँसी र बन्चरोको, चोट खेपेर पनि||
-----------------------------------
कथा लेखेर पनि, कविता लेखेर पनि |
शान्ति पाईएन, बुद्धलाई भेटेर पनि |

Thursday, April 18, 2013

यो शहरमा साह्रै, हेपिदैछ ऊ

यो शहरमा साह्रै, हेपिदैछ ऊ ।
 इमान्दारिता देखाएर, चेपिदैछ ऊ ।

आत्मनिर्भर बन्छु भन्दै शहर झरेको,
 हरपल पैसासँग, नापिदै छ ऊ ।

बगलीमा छिपाएर छुरा राख्नेहरूसँग,
 रामरामको नाममा, जपिदै छ ऊ ।

आफ्नो स्वार्थ पर राखी अरुहरूकै लागि,
 दुख पीडा अप्ठ्यारोमा, थापिदै छ ऊ ।

बसन्तमा पलाउनु पर्ने हो नि ‘विपिन'
 डढेलो सल्किएर, सखापिदैछ ऊ ।

-भुपेन्द्र बिसी
 विकाशनगर, कोहलपुर बाँके

Sunday, March 31, 2013

|| पुदिनाका फाइदै फाइदा ||

पुदिनाको अचार सबैलाई मन पर्छ । अझ यो गर्मी मौसममा खानाको स्वाद बढाउन पुदिनाको उपयोग धेरैले गर्छन् । तर पुदिना केवल स्वादिलो मात्र होइन निकै गुनिलो पनि हुन्छ ।
पुदिनामा औषधीय गुण पाइन्छ र यसको नियमित सेवनले विभिन्न खालका स्वास्थ्य समस्याको समाधानमा सघाउ पुग्छ । पुदिनाको सेवन मात्र होइन यसका पातको लेपन बनाएर लगाउँदा विभिन्न खाले छालाका समस्या पनि कम
हुन्छन् ।
पुदिनाका गुण निम्न छन् :
1. अनुहारमा डण्डिफोर वा अरु प्रकारका खटिरा आएर हैरान हुनुभएको छ भने पुदिनाको पात मज्जाले पिँधेर कागतीको रसमा मिलाउनुहोस् अनि त्यसलाई अनुहारमा दलेर केहीबेर सुक्न दिनुहोस् । त्यसपछि चिसो पानीले पखाल्नुहोस् । केही दिन त्यसो गर्दा अनुहारका डण्डिफोर हट्नेछन् ।
2. निकै बाडुल्की लाग्ने वा हिक्का आउने समस्या छ – यदि त्यसो हो भनि पुदिनाको एक चम्चा रस एक गिलास मनतातो पानीमा मिसाएर पिउनुहोस् ।
3. सास गन्हाउने समस्या छ भने एक चम्चा पुदिनाको रस र गाजरको रस मिलाएर नियमित खाने गर्नुहोस् ।
4. एक अध्ययन अनुसार पुदिना क्यान्सर रोगीका लागि पनि लाभदायक छ ।
5. ज्वरो आएका बेला पुदिनाको रस महमा मिलाएर खाँदा ज्वरो कम हुन्छ ।
6. अपच भएर पेट दुखेको छ भने पदिनाको रसमा अदुवाको रस र बिरे नूनको धूलो मिलाएर खानुहोस् ।
7. पिनासका बिरामीलाई पनि पुदिनाको रस लाभदायक हुने बताइन्छ । प्याज र पुदिनाको रस मिलाएर नाकमा नियमित हाल्ने गर्नाले पिनास कम हुन्छ ।
8. सलादमा दिनहुँ पुदिना चपाएर खानाले दाँत सड्ने, गिँजा सुन्निने जस्ता समस्या दूर हुन्छन् । पुदिनाको पात पानीमा उमालेर चिसो बनाएपछि उक्त पानी पिउने गर्नाले मुखको दर्ुगन्ध हट्छ ।
9. खोकी लागेको बेला पुदिनाको रसमा नुन मिलाएर तातो पानीमा मिसाएर पिउनपर्छ ।
10. झाडापखाला लागेको बेला पुदिना, प्याजको रस तथा कागतीको रसको समान मात्रा मिलाएर खाँदा फाइदाहुन्छ ।
11. न्यूमोनियाका बिरामीलाई पनि पुदिनाको रस र मह मिलाएर खाँदा फाइदा हुन्छ ।

Monday, March 25, 2013

होली आयो happy होली

आयो होली उमङ्ग ल्याई
दुनिया रङगाउंने रङ्ग ल्याई

रमाउंदै खेल्दै खुखियाली
यो सोचमा चङ्ग ल्याई

रङ्ग अविरको खेलमा यो
नयां नयां ढङग ल्याई

नखेल्नेलाई नि कस्तो कस्तो
ल हेर्ननुस त दङग ल्याई

Monday, March 11, 2013

उखु खाऔं स्वस्थ रहौं

 आइरन र कार्बाेहाइडेटको मात्रा प्रचुर पाइने भएकोले यसले शरीरलाई तुरुन्त शक्ति र स्फुर्ती प्रदान गर्दछ। यसमा धेरै मात्रामा खनिज पदार्थ एवं अर्गानिक अम्लहरू पाइन्छ जसले औषधिको रुपमा महत्वपूर्ण भूमिका खेल्दछ। उखुको रस पेट, हृदय, मस्तिष्क एवं आँखाको लागि एकदमै फाइदाजनक छ। उखुको रस सँधै ताजा र छानिएको मत्र पिउनुपर्दछ ।

– रुघाखोकी लागेमा यसको प्रयोग गरेमा तुरुन्त निको हुन्छ।
– ग्याष्ट्रिक भएको अवस्थामा यसको रस पिएमा पेटमा हुने जलन निको हुन्छ।
– उखुको रस कागतीको रससँग मिलाएर खाएमा जण्डिस रोगबाट छुटकारा पाउन सकिन्छ।
– दुब्लो पातलो व्यक्तिहरूका लागि यसको रस एकदमै फाइदाजनक छ।
– उखुलाई दाँतले चुसेर खानाले कमजोर दाँत बलियो हुन जान्छ।

Sunday, March 10, 2013

सूर्यमा अकल्पनीय घटना हुँदै !

अमेरिकी अन्तरीक्ष संस्था नासाले सूर्यमा अकल्पनीय घटना घट्न लागिरहेको बताएको छ । यो वर्ष सन् २०१३ सौर्य विन्दुको ११ वर्षे चक्र अन्तरगतको उच्चतम विन्दुयुक्त वर्ष अर्थात् सोलार म्याक्सिमम वर्ष रहेको भन्दै नासाले निकट भविष्यमै सूर्यमा नचिताएको भवितव्य हुनसक्ने चेतावनी दिएको छ ।

सूर्यमा देखिने विभिन्न धब्बाहरुको संख्या सन् २०११ यता कम हुँदै गएको र सौर्यज्वाला उत्पन्न हुने क्रम पनि अनियमित बन्दै गएको नासाले जनाएको छ । उच्चतम सौर्यविन्दुयुक्त वर्षमा समेत सूर्यको आन्तरिक संरचनामा कममात्रै गतिविधि देखा परिरहेको भन्दै नासाले यस्तो बेला सूर्यमा धेरै धब्बा देखिनुपर्नेमा कम मात्र देखिनु रहस्यमय भएको बतायो ।

यद्यपि कतिपय खगोलविद्हरुले भने सूर्यको आन्तरिक गतिविधि तथा त्यसको बाहिरी सतहमा देखिने धब्बा अर्थात् विन्दुहरुको संख्यात्मक अवस्था घटबढ भैरहने भन्दै यस्तो यसअघि पनि भएको बताउँछन् । यसअघि सन् १९८९ र २००१ मा पनि यस्तै सोलार म्याक्सिमम वर्ष थिए, जतिबेला सौर्यधब्बाहरुमा घटबढ देखिएको थियो ।

सन् २०११ मा सौर्यधब्बाको संख्या बढ्नु र त्यसपछि घट्दै जानु पनि त्यस्तै नियमित प्रक्रिया भएको कतिपय खगोलविद्हरुको ठहर छ । त्यसैले यो वर्ष सन् २०१३ को मध्यतिरबाट सौर्य धब्बाहरु बढ्ने र सन् २०१४ सम्म रहने अनुमान उनीहरुको छ । तर यस्ता अनुमानको कुनै ठोस आधार नभएकाले सूर्यको गतिविधि तुलनात्मक रुपमा किन सुस्ताएको हो ? भन्ने कुराको एकिन जवाफ प्राप्त हुन सकेन ।

कतिपयले निकै सक्रिय हुनुपर्ने बेला सूर्य सुस्ताउनु वा शान्त रहनुलाई भविष्यमा कुनै ठूलै दुर्घटना वा भयानक सौर्यज्वालाको संकेतको रुपमा लिएका छन् ।

------------------------------------
पृथ्वी 11 हजार वर्ष यताकै बढि तातो

पृथ्वीको तापक्रम एघार हजार तिन सय वर्ष यताकै सबैभन्दा उच्च रहेको तथ्य वैज्ञानिकहरुले सार्वजनिक गरेका छन् । साथै वैज्ञानिकहरुले पृथ्वी तात्ने दर पनि निकै उच्च गतिमा बढिरहेको निष्कर्ष निकालेका छन् ।

विश्वका विभिन्न देशका ७३ सहरमा तापक्रमको आँकडालाई विश्लेषण गरी यो निष्कर्ष निकालिएको हो । वैज्ञानिकहरुले हिमयुग देखि वर्तमान सम्मको हजारौँ वर्षको पृथ्वीको तापक्रमको नयाँ सूचि पनि तयार गरेका छन् । उनीहरुले भनेका छन् पृथ्वी पछिल्लो ‼ हजार ३ सय वर्षको अधिकांस समयमा जति तातो थियो त्यो भन्दा अहिलेको तापक्रम निकै बढि छ ।

अध्ययनकर्ता टोलीका प्रमुख अमेरिकाको ओरेगन विश्वविद्यालयका शन मारकोटका अनुसार पृथ्वीको दक्षिणी गोलार्ध भन्दा उत्तरी गोलार्धमा तापक्रम वृद्धि बढि भएको छ । बढि जमिन तथा जनसंख्याका कारण यस्तो भएको हो । वैज्ञानिकहरुले औद्योगिकरणसँगै हरितगृह ग्यास उत्सर्जन बढिरहेको हुँदा पृथ्वीको तापमान बढिरहेको बताएका छन् । जलवायु परिवर्तन तथा उष्णकिरणका कारण विभिन्न खालका प्राकृतिक विपत्तिहरुमा समेत वृद्धि भएको बताइएको छ । पछिल्लो अध्ययन प्रतिवेदन चर्चित साइन्स जर्नलमा छापिएको छ ।

Friday, March 1, 2013

कोहलपुर नेपालगंजको साहित्यले फड्को मार्दै.......

कोहलपुर नेपालगंजको साहित्यले फड्को मार्दै.......
www.hamrosahittyayattra.wordpress.com
कोहलपुर नेपालगंजको साहित्यले फड्को मार्दै.......
www.bipinbc.blogspot.com

Thursday, February 21, 2013

अर्गानिक खाना खाने मान्छे बढि स्वार्थी


अर्गानिक खाद्यपदार्थ किन्नु र स्वार्थी वा निस्वार्थी हुनुमा कहाँबाट सम्बन्ध जोडियो भन्ने प्रश्न सहज रुपमा उठ्छ ।

तर, पछिल्लो एक अध्ययनले विषादी प्रयोग नगरिएका अर्गानिक खाद्यपदार्थ किनेर खाने मानिसहरु स्वार्थी हुने तथा अरुको मतलब र सहयोग नगर्ने खालका हुने तथ्य पत्ता लगाएको छ ।
शोधकर्ताहरुका अनुसार अर्गानिक खाद्यपदार्थको किनाइले मानिसलाई अरुप्रतिको दयाभावमा कमी ल्याउँछ । अमेरिकी अनुसन्धानकर्ता केन्डल इस्काइनका अनुसार अर्गानिक खाद्यवस्तु प्रयोग गर्ने मानिसहरुले आफुलाई बढि सुरक्षित ठान्छन् र निस्वार्थताको आवश्यकता नै महसुस गर्दैनन् । जबकी अरु सामान्य खालका खानेकुरा खाने मानिसहरु बढि सामाजिक तथा दयालु र नैतिकवान हुन्छन् ।
शोधकर्ताहरुले यो निष्कर्ष निकाल्न न्यु ओर्लियन्सस्थित लोयोला विश्वविद्यालयका ६२ जना विद्यार्थीलाई तिन समूह बनाएर परीक्षण गरेका थिए । त्यसक्रममा एक समूहलाई अर्गानिक खाद्यपदार्थ खान दिइयो, दोश्रोलाई विभिन्न खालका ड्राइ फूड र तेश्रो समूहलाई दाल, भात तरकारी । त्यसपछि ती तिनवटै समूहका विद्यार्थीलाई कुनै पारिश्रमिक वा पुरस्कार विना सित्तैमा एकजना प्रोफेसरको काम गर्न अह्राइयो । त्यसक्रममा अर्गानिक फूड खाने विद्यार्थीहरु औषतमा १३ मिनेट सित्तैमा काम गर्न राजी भए ।
भात खानेहरु २० मिनेट र ड्राइ फूड खानेहरु २५ मिनेट । शोधकर्ताहरुले के निष्कर्ष निकालेका छन् भने यद्यपि अर्गानिक खाद्यपदार्थ स्वास्थ्यको लागि हरहमेशा लाभदायी छ, तथापि नैतिक तथा मनोवैज्ञानिक हिसाबमा यसले व्यक्तिलाई कमजोर बनाउँछ ।

चीनमा चम्कियो ‘लिटिल एलो चिक’ एप्स

चीनमा आजकल ‘लिटिल एलो चिक’ ले धूम मच्चाइरहेको छ । यो लिकपि्रयताको शिखरमा छ र तीन महिनाको छोटो अवधीमा नै २२ लाख मानिस योसँग जोडिएका छन् । ‘लिटिल एलो चिक’ एक सोशल नेटवर्किङ एप्लिकेशन हो । यसले समाचार, म्यूजिक, फिल्मसँग जोडिएको सूचना दिन्छ भने साथमा ‘फोहोरी’ टुटि्कला पनि ।
फेसबुक जस्ता सोशल नेटवर्किङ प्लेटर्फम रेनरेनमा उपलब्ध यो एप्स खासगरी विद्यार्थीहरुमाझ लोकप्रिय छ ।प्रयोगकर्ताहरु यो एप्समा प्रेम, फिल्म, प्रदुषण र चुटि्कला जस्ता विषयमा टिप्पणी र प्रश्न गर्न सक्छन् भने यो एप्सले तत्काल जवाफ दिन्छ । तर, सबैभन्दा महत्वपूर्ण यसको जवाफ दिने तरिका हो ।
चिनियाँ समाचार एजेन्सी सिन्हृवाका अनुसार कुनै पनि व्यक्तिले म्यासेज पोष्ट गर्न सक्छन् । यसले कसैको निर्देशनमा नभई एक परिस्कृत सफ्टवेयरमार्फत् दिइन्छ । यो एप्सले जवाफ दिन मानिसकै आवाजको प्रयोग गर्छ र व्यक्तिगत सल्लाहको रुपमा जवाफ दिन्छ । ‘चिक’ अधिकांश प्रयोगकर्ताहरुलाई विश्वको सुन्दर पुरुष वा महिला भन्ठानेर कुरा गर्छ र यस्तो लाग्छ कि चीनको नेटिजन्स उसँगै खेल्न लालायित छ ।

Wednesday, February 20, 2013

यो हो ब्रम्हाण्डको सबैभन्दा अजम्बरी जन्तु

यो ब्रम्हाण्डको सबैभन्दा कडा जनावर के होला ? जो धेरै समयसम्म बाँच्ने मात्र होइन हिउँमा जम्दा, आगोमा उम्लिँदा तथा अन्तरीक्षमा तैरिँदा पनि २ सय वर्षसम्म बाँच्नसक्छ ? हो, वाटर बियर अर्थात् पानी भालु त्यस्तो अजम्बरी जिव हो ।
भनिन्छ, साँग्लो आणविक विस्फोट हुँदा पनि मर्दैन । तर प्रतिकुल परिस्थिति सहने मामिलामा यो पानी भालु भन्ने जिव साँग्लोको हजुरबाउ नै हो । यो जिवका बारेमा सायद हामी धेरैल नसुनेका पनि हुनसक्छौँ ।
यो जिवका विभिन्न ९ सय प्रजातिहरु छन् । ती मध्ये केही जलचर हुन् त केही स्थलचर । निकै अग्ला चुचुरादेखि समुद्रको गहिराइसम्म यो जिवका प्रजाति पाइन्छन् ।
यो जिवले माइनस साढे ४ सय डिग्री सम्मको चिसो तापक्रम तथा साढे ३ सय डिग्री सम्मको तातो तापक्रम सहनुका साथै निकै उच्च विकिरण पनि खप्नसक्छ । यो पानीबिना दशकौँ बाँच्नसक्छ र अन्तरीक्षमा पूराएपनि मर्दैन ।

Wednesday, February 13, 2013

===प्रेम दिवस विषेश गजल===
प्रेम दिवसमा एउटा, गुलाब फुलाउनेछु ।
हेर्नु होला मैले पनि, केटी झुलाउनेछु ।।

च्याट गरी, फोन गरी, फकाई फकाई,
कान्छिसंग मनको कुरा, आजै खुलाउनेछु ।

मानिन भने उनीले मेरो कुरा सहजै,
डेटिङ जाउँ भन्दै कहाँकहाँ डुलाउनेछु ।

काखमा राख्दै सानीलाई पिरतीले बाँध्दै,
मीठामीठा बात गरी, संसार भुलाउनेछु ।

यति भए उनीले आफ्नो ठान्छिन पक्का,
यादहरु अब उनको दिलमा हुलाउनेछु ।

भन्नेछिन एकदिन विपिन छटपटि हुन्छ भनी,
यहि मौकामा उनलाई आफ्नो तुल्याउनेछु ।

-भुपेन्द्र (बिपिन) बिसी
बिकाशनगर, कोहलपुर बाँके

Friday, February 8, 2013

yattra sahittyako


गजल

https://encrypted-tbn3.gstatic.com/images?q=tbn:ANd9GcRpN-BASltESoECG1KupXTtb5Hlz_O0v19KnI21lZWX3sfZsaia
सुर्खेत जिल्ला मेहेलकुना मेरो जन्मभूमि ।
उस्तै छ कि ? फरक ‘मुना’ मेरो जन्मभूमि।।
टाढा भईयो बाध्यताले सम्झना छ ताजै
पढेको त्यो दुई दुना मेरो जन्मभूमि ।
बाँकी छन भने दुख, पीडा अनि गुनासो
डर होईन रहरले सुना मेरो जन्मभूमि ।
मन्द थियो पहिले सबै मिली अब हामि
विकाश गरौं चौ गुना मेरो जन्मभूमि ।
-भुपेन्द्र (बिपिन) बिसी
बिकाशनगर, कोहलपुर बाँके